
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सोमबार राति अर्काे लफडा भएको छ ।
सोमबार दिउँसो सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढी भेटिएपछि विवाद भएको हो ।
प्रमुख निर्वाचन अधिकारी राधेश्याम अधिकारीका अनुसार निर्वाचनमा ३१२० मत खसेकोमा सर्टिङ गर्दा ३१३५ मत देखिएपछि विवाद भइ मतगणना केही समयका लागि रोकिएको हो ।
उम्मेदवारलाई टिक लगाएको १५ भन्दा बढी मतपत्र फेला परेपछि दुबै उम्मेदवार प्रतिनिधी पक्ष र निर्वाचन समिति पक्षबीच छलफल चलिरहेको छ ।
यो विवाद मिलाउनेबारेमा छलफल भैरहेको निर्वाचन समितिका संयोजक अधिकारीले बताए । उनले विवाद टुंगिए लगत्तै गणना सुरु हुने बताए ।












प्रतिक्रिया