
– विमल योगी
काठमाडौं, २४ फागुन । दोस्रो चरणको निर्वाचन सकिएको झण्डै एक घण्टापछि नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिका लागि मतगणना सुरु भएको छ ।
राष्ट्रिय सभागृहमा भर्खरै सुरु भएको मतगणनामा कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच वारपारको लडाइँ पनि सुरु भएको छ ।
चार ठाउँमा मतगणना भइरहेको छ । निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले २ देखि अढाई घन्टाभित्र मतपरिणाम आउने बताए ।
यसैबीच देउवा पक्षका एक जना नेता विमलेन्द्र निधीले देउवाको जित सुनिश्चित भएको बताए । उनले देउवा ६ देखि ७ सय मतअन्तरले विजयी हुने दाबी गरे ।
यसअघि देउवाले पनि आफूले जितिसकेको र दोस्रो चरणको निर्वाचन औपचारिकता मात्रै भएको बताएका थिए भने अर्का उम्मेदवार रामचन्द्र पौडेलले पनि आफ्नो जित अब सुनिश्चित भएको बताए ।












प्रतिक्रिया