२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा मतदान सकियो, मतगणनामा अन्यौल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Election

– विमल योगी
काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवशेनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनमा मतदान सकिएको छ ।

निर्वाचन समितिका अनुसार कुल मतसंख्या ३ हजार १६१ मध्ये ३ हजार १२० मत मात्रै खसेको छ । यो संख्याअनुसार २८ मत कम खसेको छ । आइतबार भएको मतदानमा १३ मत खसेको थियो ।

कुल ३ हजार १६१ मतदाता रहेकोमा ३ हजार १४८ मत खसेको थियो । तर, कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि धेरै मत ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

मतदान सकिएपनि मतगणना आज राति गर्ने कि नगर्ने विषयमा अन्यौल छ ।