२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसमा २ हजार भोट खस्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Election

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको सभापति चयनका लागि भइरहेको निर्वाचनमा अहिलेसम्म २ हजार मत खसेको छ ।
काठमाडौंको राष्ट्रिय सभागृहमा भइरहेको मतदानमा पौने ६ बजेसम्म २ हजार प्रतिनिधिले मतदान गरिसकेको नेपाली कांग्रेसको निर्वाचन समितिले जनाएको छ । अपराह्न २ बजेपछि शुरु भएको मतदान साँझ ५ बजे सक्ने लक्ष्य राखिएको भए पनि थप केही समय लाग्ने बताइएको छ । मतदान गर्न कांग्रेसका प्रतिनिधिहरु अहिले पनि लामबद्ध छन् ।
नेतृत्व चयनका लागि हिजो भएको पहिलो चरणको मतदानमा सभापतिका तीन प्रत्यासीमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज पुनः दोस्रो चरणको निर्वाचन भएको हो । पहिलो चरणको निर्वाचनमा तेस्रो भएका कृष्णप्रसाद सिटौला बाहिरिएपछि अब नेतृत्वका लागि वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा छ ।