
काठमाडौं, २४ फागुन । पहिलो चरणको निर्वाचनमा सबैभन्दा पछाडी परेका नेपाली कांग्रेस १३औं महाधिवेशनका सभापति उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफ्नो समर्थन शेरबहादुर देउवालाई दिएका छन् ।
अब सभापतिमा देउवा र रामचन्द्र पौडेल मैदानमा छन् । भर्खरै दोस्रो चरणको निर्वाचन सुरु भएको छ । उक्त निर्वाचनमा सिटौलाले देउवालाई समर्थन गरेका हुन् ।
यसैक्रममा सिटौला प्यानलका महामन्त्री एवं चर्चित युवा नेता गगन थापाले पनि आफ्नो समर्थन देउवालाई नै दिएका छन् । उनले सभापतिका अर्का उम्मेदवार पौडेलको प्रस्ताव अस्वीकार गर्दै सभापतिमा देउवालाई समर्थन गरेको उनी निकतस्थ स्रोतले जनाएको छ ।
स्रोतका अनुसार संस्थापन भनेर चिनिने सिटौला प्यानलका गगनले पौडेल हार्ने देखिएपछि अन्तिममा आएर देउवालाई समर्थन गरेका हुन् ।
यद्यपी देउवाको प्यानलमा गगनका ससुरा अर्जुनरसिंह केसी महामन्त्रीका उम्मेदवार छन् । महामन्त्रीमा भने ससुुरासँग गगन भिडिसकेका छन् । यसको मतगणना हुन बाँकी छ । नतिजा भोलीसम्म आउनेछ ।












प्रतिक्रिया