२४ कार्तिक २०८३, मंगलबार

देउवाका खुमबहादुरसँग पौडेलको गोप्य वार्ता, समर्थन फेरियो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khum-bhadur-khadka

काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा निर्णायक मतमध्येका एक हुन् नेता खुमबहादुर खड्का ।

पूर्वगृहमन्त्री समेत रहेका खड्का अहिले वरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलमा छन् । दाङ जन्मथलो भएका खड्काले सुदूरपश्चिमको डडेल्धुरा जन्मथलो भएका सभापतिका उम्मेदवार देउवालाई समर्थन गरेका हुन् ।

तर, देउवाका बोलियो खम्बा भनेर चिनिएका खड्कालाई फकाउन कार्यबाहक सभापति एवं सभापतिको उम्मेदवार रामचन्द्र पौडेल विहानै खड्का निवास पुगेका छन् ।

आइतबार राति भएको मतगणनाबाट कोही पनि सभापति नबनेपछि दोस्रोचरणको चुनाव आफ्नो पक्षमा पौडेलले दौडधुप तिव्र पारेका हुन् । पौडेलले खड्कासँग ३० मिनेट लामो गोप्य वार्ता संवाद गरेको स्रोतले जनाएको छ ।

पहिलो चरणको निर्वाचनबाट सभापति चयन नहुँने पक्का भएपछि सोमबार विहान ४ बजेदेखि संस्थापन पक्षका उम्मेद्धार पौडेलले चलखेल सुरु गरेका छन् ।

विहानै ललितपुरस्थित खड्का निवास पुगेका रामचन्द्र र खुमबहादुरबीच ‘वान टु वान’ गोप्य वार्ता भएको थियो । उनीहरुबीच भएको संवाद बाहिर नआएपनि देउवाका खम्वासँग रामचन्द्रले गोप्य भेट गर्नुलाई रहस्यमयरुपमा हेरिएको छ ।

यसैगरी पौडेलले चर्चित युवा नेता गगन थापासँग पनि भेटवार्ता गरी सहयोग गर्न आग्रह गरेको उनी निकटस्थ स्रोतले जनायो ।

समर्थन फेरियो ?

पौडेल र खड्काको भेटवार्ताका क्रममा बार्गेनिङ भएको संस्थापन निकट एक पत्रिकाले जनाएको छ । उसले ‘खुमबहादुर खड्काको समर्थन पौडेललाई, ४१ जिल्ला सभापतिले पनि संयुक्त विज्ञप्ति जारी गर्दै’ भनेर समाचार प्रकाशित गरेको छ । तर, खुमबहादुर पक्षबाट पौडेललाई समर्थन गरेको कुनै प्रतिक्रिया आएको छैन् ।