२४ कार्तिक २०८३, मंगलबार

रेशबाट आउट भएका सिटौलाले के गर्लान ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-Pd-Sitaulaकाठमाडौं, २४ फागुन । संस्थापन समूहबाट विद्रोह गरेर सभापति पदमा उम्मेदवारी दिइ सामान्य मत लिएका कृष्णप्रसाद सिटौलाले कसलाई समर्थन गर्छन् भन्ने सबैमा यति बेला चासो बढेको छ ।

३ सय २४ मत पाएका सिटौलाको यो मत उनको आफ्नो मात्रै होइन । उनलाई रामचन्द्र पौडेल र शेरबहादुर देउवासँग असन्तुष्ट महाधिवेशन प्रतिनिधिहरुले मतदान गरेकै कारण यतिसम्म मत आएको हो ।

वरिष्ठ नेता शेरबहादुर देउवालाई हराउन पहिलो चरणमा भरपूर भूमिका खेलाका सिटौलाले अब उनलाई सहयोग गर्ने प्रवल सम्भावना छ ।

किन कि सिटौलाले पौडेललाई भन्दा देउवालाई समर्थन गर्दा धेरै सहयोग मिल्न सक्छ । सिटौलाले देउवालाई सहयोग गरे पनि त्यसको प्रभाव पर्न नसक्ने पौडेल समूहको दाबी छ ।

तर देउवा समूह पौडेललाई पराजित गर्न सिटौला समूहलाई आफ्नो समूहमा ल्याउन बिहानैदेखि कसरत थालेको छ । सिटौलालाई आफ्नो समूहमा ल्याएपछि जित अझै सहज हुने देउवा समूहको बुझाइ छ ।

युवा नेता गगन थापाले पनि कसलाई समर्थन गर्ने भनेर यो समाचार तयार पार्दासम्म मुख खोलेका छैनन् ।

जे होस् अबको प्रतिस्पर्धा रोमाञ्चित हुनेछ । जसले जिते पनि वा जसले हारे पनि यसलाई असली प्रतिस्पर्धा मान्नु पर्ने हुन्छ । अबको हार वा जितलाई सहज रुपमा लिन दुबै उम्मेदवार तयार हुनुपर्नेछ ।

प्रतिस्पर्धाको रेशबाट आउट भएका सिटौलाले आफूलाई संस्थापन समूह मान्छन् भने पौडेललाई सहयोग गर्नुको बिकल्प छैन । तर देउवालाई सहयोग गरेमा पनि अन्यथा लिनुपर्ने कुनै कारण छैन । प्रतिस्पर्धामा रहेका सबै नेपाली कांग्रेस हुन् ।

यस विषयमा एक जना महाधिवेशन प्रतिनिधि भन्छन्, ‘जति हार जहाँ पनि हुन्छ । यसलाई आन्तरिक प्रजातान्त्रका रुपमा हेरिनुपर्छ । पौडेल र देउवा हाम्रै पार्टीका नेता हुन् ।’