
काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत आइतबार भएको मतदान सकिएको छ ।
मतदानस्थल राष्ट्रियसभा गृहबाट अहिले मतपेटिका केन्द्रीय कार्यालय सानेपातर्फ लगिएको छ । तीन वटा आरक्षण, प्रदेश र खुल्ला गरेर एउटा गाडीमा ८ र अर्काेमा ४ गरी १२ वटा मतपेटिका सानेपा लगिएको निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।
सभापति पदका लागि भएको मतदानको मतगणना भने केही समयपछि राष्ट्रियसभा गृहमै सुरु हुने त्यहाँ रहेका हाम्रा सहकर्मी विमल योगीले बताए ।












प्रतिक्रिया