२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसको १३औं महाधिवेशनः मतदान सकियो, कसको पक्षमा बढी मत ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-Mahadabashion

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको सभापति पदका लागि भएको मतदान सकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ३ हजार १४७ मत खसेको छ ।

आइतबार विहानदेखि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जारी मतदान साँझ ७ बजे सकिएको हो । १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्व लिन शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाले सभापतिमा उम्मेदवारी दिएका छन् ।

मतदान सकिएसँगै सभापतिको मतगणना पार्टी मुख्यालय सानेपामा राति १० बजेबाट सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

मतदानको प्रारम्भिक अनुमान अनुसार वरिष्ठ नेता शेरबहादुर देउवाले सबैभन्दा बढी मत पाएका छन् ।

यसअघि आजै विहान देउवाले ट्वीट गर्दै अग्रता लिएको घोषणा गरेका थिए ।

संस्थापनबाट रामचन्द्र पौडेल र कृष्ण सिटौला सभापतिको उम्मेदवार हुँदा संस्थापनका भोट बाडिएपछि देउवाले ५० प्रतिशतभन्दा बढी मत ल्याउने अनुमान गरिएको छ ।

यता देउवा पक्षका कार्यकर्ताहरुले भने देउवाले जितिसकेको भन्दै खुसी व्यक्त गरेका छन् ।