२४ कार्तिक २०८३, मंगलबार

कांग्रेस महाधिवेशनः मतदान जारी, झण्डै २२ सय मत खस्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-thapa

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३औँ महाविधेसन अन्तरगत जारी मतदानका क्रममा झण्डै २२ सय मत खसेकोकेन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जारी मतदानमा अहिले पनि कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् । स्रोतका अनुसार बेलुका साढे छ बजेसम्म मतदान हुन सक्ने जनाइएको छ ।

मतदान सक्किनेवित्तिकै सभापतिको मत गणना पार्टी मुख्यालय सानेपामा गरिनेछ ।

यदि सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत नपाएमा भोलि बिहान दस बजे सभापति पदका लागि पुनः मतदान गरिनेछ ।

कांग्रेसको विधानअनुसार खसेको मतमध्ये ५१ प्रतिशत मत ल्याउन नसकेमा पुनः दुईप्रतिस्पर्धीबीच मतदान गर्ने व्यवस्था छ ।