
काठमाडौं, २३ फागुन । सत्तारुढ दल नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पूर्ण रुपमा सफल भएको निष्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणमा भएका सबै गतिविधीबारे जानकारी गराएका थिए ।
बैठकपछि एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले भने- बैठकमा भारत भ्रमणका बारेमा कुराकानी भयो । राष्ट्र, जनता र पार्टीलाई अहित हुनेगरी कुनै काम गरेको छैन् । भ्रमण सफल भएको निष्कर्ष निकालिएको छ ।’
नेता पोखरेलका अनुसार बैठकमा चीन भ्रमणबारे पनि छलफल भएको थियो । ‘चीन भ्रमणको तयारी गर्ने, त्यसको लागि कामकारवाही अगाडि बढाउने निर्णय भएको छ,’ उनले भने ।
स्थायी समिति बैठक सोमबार दिउँसो १ बजे फेरि बस्नेछ । भोलीको बैठकमा सरकारका कामकारवाहीको समिक्षा लगायत विषयमा छलफल हुनेछ ।












प्रतिक्रिया