काठमाडौँ, २३ फागुन । राजधानीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौँ महानगरपालिका–१६ खुसिबु डेरा गरी बस्ने गोर्खा फुजेल- १ घर भएकी २७ बर्षीया संगिता थापा (पाण्डे) मृत अवस्थामा फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । संगीताका माइतीले घटना छानविनको माग गर्दै प्रहरी कार्यालय घेराउ समेत गरेका छन् ।
घटनालगत्तै नेपाल प्रहरीमै कार्यरत संगीताका श्रीमानलाई पक्राउ गरिएको छ । संगिताको पाँचदिन अघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
कोठाको चुक्कुल लगाई सुतेकी उनी शनिबार बिहान ढोका ढकढकाउदा समेत नउठेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले स्थानियबासीको रोहवरमा ढोका फोडी हेर्दा कोठाको खाटमा ओड्ने (ब्लाङकेट) ओडेको अवस्थामा नाक र मुखबाट फिज आई मृत फेला परेको थियो ।
फरेन्सिक मेडिसिन बिभागका चिकित्सक समेतको टोली गई लाश जाँच प्रकृति मुचुल्का कार्य गर्नुको साथै घटनाको अनुसन्धानको लागि उनको श्रीमान अंचल प्रहरी कार्यालय लुम्बिनी दरवन्दी भई इलाका प्रहरी कार्यालय बेथरी रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक युवराज पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया