२४ कार्तिक २०८३, मंगलबार

बुवा र श्रीमान नै भिडेपछि गगनकी श्रीमतीले के भनिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-Arjunकाठमाडौं, २३ फागुन । कांगे्रसको १३ औं महाधिवेशनमा चर्चाका पात्र बनेका छन् गगन थापा ।

उनी दुई कारणले चर्चामा छन् । एउटा त महामन्त्री पदका उम्मेदवार दोस्रो भनेको ससुरा अर्जुननरसिंह केसीसँग भिड्नु ।

गगनले कृष्ण सिटौला अर्थात नयाँ संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् भने केसीले शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिएका छन् ।

अर्थात गगन आफ्नै ससुरासँग महामन्त्रीमा प्रतिस्पर्धा गर्दैछन् । भनिन्छ राजनीतिमा परिवार हुँदैन, मात्र विचार हुन्छ । यही सिद्धान्तलाई आत्मसात गर्दै गगन आफ्नै ससुराविरुद्ध उभिएका हुन् ।

बुवा र श्रीमान एकै पदमा प्रतिस्पर्धामा उत्रिएपछि गगनकी श्रीमती भने दोधारमा परेकी छिन् । यसबारेमा नेता अर्जुननरसिंह केसीकी छोरी अञ्जना केसी थापाले शनिबार आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

उनले दुवैजना आत्मविश्वासका साथ चुनावी मैदानमा गएको तर दुवै जनालाई सजिलो भने नरहेको बताएकी छिन । यद्यपी दुवैजना आफ्ना कार्यकर्ताले विश्वास गरेका योग्य उम्मेदवार भएको उल्लेख गरेकी छिन् ।

उनले भनिन्– ‘यस निर्वाचनको परिणाम त मलाई थाहा छैन तर म आज दुवै जनाका लागि प्रार्थना गरिरहेकी छु ।’

उनले आफू दुबैका पक्षमा रहेको र जसले जिते पनि खुसी हुने समेत बताएकी छिन् ।

यस्तो छ अञ्जनाको प्रतिक्रियाः

Anjana