२४ कार्तिक २०८३, मंगलबार

बालुवाटारमा एमाले केन्द्रीय सचिवालयको बैठक सकियोः पाँच एजेण्डा तयार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-niwas-baluwatar

काठमाडौं, २३ फागुन । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले पाँच वटा एजेण्डा तयार गरेको छ ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारको समिक्षा, भारत भ्रमण लगायतका विषयमा समिक्षा गर्ने गरी एजेण्डा तय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- ‘स्थायी समिति बैठकका लागि एजेण्डा तय गरिएको छ । जसमा सरकारको काम कारवाहीको समिक्षा, भारत भ्रमणको समिक्षा, प्रधानमन्त्रीको चीन भ्रमणमा उठाउनुपर्ने विषयहरु, तराई मधेसमा एमालेले गरेको राजनीतिक अभियानको समिक्षा र विभागहरुलाई पूर्णता, नियुक्ति रहेका छन् ।’

श्रेष्ठका अनुसार एमाले स्थायी समिति बैठक केही बेरमा बालुवाटारमै बस्दैछ ।