१ कार्तिक २०८३, शनिबार

कांग्रेस महामन्त्रीमा कसले जित्ला ? ज्योतिषले गरे अपत्यारिलो भविष्यवाणी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Arjun-Sasaanka-Gagan

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेका बेला ज्योतिषले भने अपत्यारिलो भविष्यवाणी गरेका छन् ।

महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, गगनका ससुरा अर्जुननरसिंह केसी र विपीपुत्र शशांक कोइरालाले उम्मेदवारी दिएका छन् । धेरैले गगन थापाले जित्ने विश्वास व्यक्त गरेका छन् ।

Suneel-Situla
ज्योतिष सुनील सिटौला

तर, यही समयमा ज्योतिषको फरक धारणा सार्वजनिक भएको हो । ज्योतिष शास्त्र हेर्दा अहिलेसम्म महामन्त्रीमा गगन थापा जित्ने देखिदैन् । ज्योतिषले शनिबार हेरेको शास्त्रमा थापाको जित्ने योग नदिएको हो । यद्यपी उक्त योग आइतबार साँझपछि बदलिनसक्ने देखिएको छ ।

चर्चित युवा ज्योतिष सुनील सिटौलाले थापाको जित्ने योग नदिएको बताए । उनले भने- ‘थापाको जित्ने योग हाम्रो शास्त्रमा देखिएको छैन् । हामीले जे देख्यौ त्यही भन्ने हो ।’

उनका अनुसार ज्योतिष शास्त्रमा विपी पुत्र डा शशांक कोइराला महामन्त्रीमा जित्ने सम्भावना देखिएको छ । ज्योतिष सिटौलाले भने- ‘प्रश्न ज्योतिषलाई आधार बनाएर आजको रुलिङ प्लानेट हेर्दा त महामन्त्रीमा डा. कोइरालाको पो चान्स देखाउँछ त ।’ ज्योतिष सिटौलाले शनिबार दिउँसो ३ बजेर ५८ मिनेटमा ज्योतिष शास्त्रको रुलिङ प्लानेट हेरेका थिए ।

ज्योतिष सिटौलाले यसअघि गरेका भविष्यवाणी समयअनुसार मेल खाँदै आएका छन् ।