१ कार्तिक २०८३, आइतबार

अफगानिस्तानमा ११ तालिवान मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Afghan security forces inspect the site of a U.S. airstrike in Kunduz city, north of Kabul, Afghanistan, Friday, Oct. 2, 2015. The new leader of the Afghan Taliban says their capture of the northern city of Kunduz was a "symbolic victory" that showed the strength of the insurgency — even though the Taliban pulled out of the city after three days. (AP Photo)

हेरात (अफगास्तिान), २२ फागुन । अफगानिस्तानका तालिवान सशस्त्र हतियारधारी बिरुद्ध अफगान सैनिक र प्रहरीले संयुक्तरुपमा गरेको कारबाहीमा परी कम्तीमा पनि ११ जना तालिवान लडाकू मारिएका छन् ।

अफगानिस्तानमा गएको वर्षदिनभन्दा पहिलादेखि नै त्यहाँका नेटो सेनाले अफगानिस्तान छोडेर बाहिरिएको भएपनि अफगान सेनाले नै कारबाही गर्ने गरेको छ ।

यसै कारबाहीका क्रममा शनिबार ११ व्यक्तिकोे मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । मारिनेमा सबै तालिवान विद्रोही परेका समाचारमा उल्लेख गरिएको छ ।

सो कारबाही अफगानिस्तानको पश्चिमीप्रान्त हेरातमा शनिबार बिहान गरिएको समचारमा जनाइएको छ । त्यस क्रममा केही सैनिक पनि घाइते भएका छन् ।

अफगानिस्तानको राष्ट्रिय प्रहरी र सैनिकले ओबे र चेस्टी सारिफ जिल्लामा गरेको कारबाहीमा कम्तीमा पनि ११ जना लडाकूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुखले बताउनुभएको छ ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन ।

पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ । रासस/एपी