विराटनगर, २२ फागुन । प्रधानमन्त्री केपी ओलीले नेपालको संविधानले देशमा बसोबास गर्ने सबै जातजातिको हक अधिकारलाई सुनिश्चित गरेको बताउनु भएको छ ।
एमालेको तीन महिने संविधान अभियानअन्तर्गत प्रदेश नम्बर १ ले बिराटनगरमा आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले आदिवासी जनजाति, मधेसी, दलित र महिलालगायत सबैको अधिकारलाई भेदभाव नगरी सम्बोधन गरिएको बताउनुभयो ।
‘संविधानमा कसैलाई काखा अनि कसैलाई पाखा कदापि गरिएको छैन,’ उहाँले भन्नुभयोे, ‘आदिवासी, जनजाति, मधेसी, दलित, महिलालगायत सबैको हक अधिकार समेटिएको छ, विश्वास नलागे संविधान पल्टाएर पढ्नुस् ।’
पूर्वतयारी गरेर ल्याएको संविधानमा मधेसीको हक अधिकार पूर्णरुपमा समावेश गरिएको भन्दै उनले संविधानबारे नेताहरुले मधेसी जनतामा भ्रम फैलाएको बताउनुभयो ।













प्रतिक्रिया