१ कार्तिक २०८३, आइतबार

महाधिवेशनका तिता कुरा विर्सौ, आन्तरिक एकतामा जुटौँः नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav nepal

काठमाडौं, ९ साउन । नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले महाधिवेशनका क्रममा भएका गुट–उपगुटलाई विर्सेर एमालेका सबै नेता कार्यकर्ताले पार्टीको आन्तरिक एकता ध्यान दिनुपर्ने बताउनु भएको छ ।

शुक्रवार बानेश्वरमा नेपाललाई भेट्न पुगेका धौलागिरी, राप्ती, पेशागत क्षेत्र र कर्णालीका कार्यकर्ताहरुलाई निर्देशन दिँदै उहाँले यस्तो बताउनु भएको हो ।

‘महाधिवेशनमा भएको प्रतिस्पर्धालाई स्वाभाविक रुपमा लिँदै अव पार्टीको आवश्यकता र व्यक्तिको योग्यताका आधारमा जिम्मेवारी लिन र महाधिवेशनको क्रममा देखिएको विभाजनलाई मेटाउँन सबै एकजुट भएर अघि बढ्नुपर्छ,’ नेपालले भन्नुभयो ।

आर्थिक सम्बृद्धि र स्थानिय निकायको निर्वाचनमा पनि सबै नेता–कार्यकर्ता केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो । ‘पार्टीले आफ्नो दस्तावेजमै आर्थिक क्रान्तिको विषयलाई प्राथमिकता साथ राखेको छ,’ उहाँले भन्नुभयो, ‘सोही अनुसारका गतिविधिहरुमा पार्टी पंक्ति परिचालित हुनुपर्छ ।’

पार्टी कार्यकर्ता, पार्टी सदस्य र आम जनताबीच सुमधुर सम्बन्ध हुनुुपर्नेमा जोड दिदैँ उहाले त्यसले पार्टीको लोकप्रियता मापन हुने दाबी गर्नुभयो । जनतासँगको असल सम्बन्ध निर्माण गर्न पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।