– नरेन्द्र कार्की
दार्चुला, २२ फागुन । दार्चुला जिल्लाको तिंकर सडकखण्डको अपि नगरपालिका ६ श्रीवगरमा सुख्खा पहिरो जाँदा तीन जना घाइते भएका छन् ।
आज दिउँसो २ः३० बजेको समयमा निर्माणाधिन तिंकर सडकखण्डको तीन सय मिटर माथिबाट पहिरो गएको हो ।
पहिरोमा परी घाइते हुनेहरूमा अपिनगरपालिका ६ का ११ वर्षीया दमयन्ती बम, १५ वर्षीया कविता बम र ४० वर्षीया जयन्ती बम रहेका छन् ।
श्रीबगरमा नुहाउने बेला पहिरो आएर उनीहरू घाइते भएको स्थानीय पूर्णबहादुर वमले जानकारी दिए ।
पहिरोमा परी घाइते भएका दमयन्ती र कविता दुवै दिदी बहिनी हुन् । दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।
निर्माणाधिन सडकको कारण पहिरो गएको हुन सक्ने अनुमान गरिएको छ । सडक खन्ने क्रममा बलाष्ट गरिएको कारण पहिरो गएको हुन सक्छ बमले भने ।












प्रतिक्रिया