१ कार्तिक २०८३, आइतबार

भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौँमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushma-Swarajकाठमाडौं, ९ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज तीन दिने औपचारिक भ्रमणका लागि शुक्रवार साँझ काठमाडौं आइपुग्नु भएको छ ।

बिमानस्थलबाट शुक्रवार सीधा, बत्तीसपुतलीस्थित द्ववारिकाज होटल पुग्नु भएको छ । त्यहाँ उहाले ७ बजेपछि दुतावासका पदाधिकारीहरूसँग परिचय र विशेष बैठक बस्ने कार्यक्रम छ ।

८ बजेदेखि नेपालका सरकारी प्रोटोकलहरू, बिभिन्न निकायका प्रमुखहरूसँँग डिनर गर्ने कार्यक्रम छ ।

शनिबार नेपालमा हुने नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा भाग लिन स्वराज नेपाल आउनु भएको हो ।

बैठकमा स्वराजले भारतीय पक्षको नेतृत्व गर्नुहुनेछ । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेशमन्त्री स्वराजको भ्रमण हुन लागेको हो ।

नेपाल बसाइका क्रममा स्वराजले राष्ट्रपति, प्रधानमन्त्री, पराष्ट्रपतिसहितका अधिकारीहरुलाई भेट्न कार्यक्रम छ ।

स्वराजको भ्रमणलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको तयारीका रुपमा समेत लिइएको छ । स्वराज आइतवार दिल्ली फर्किने कार्यक्रम छ ।
मोदी साउन १८ गते नेपाल आउने कार्यक्रम छ । मोदी पसुपतिनाथको दर्शन गर्न नेपाल आउन लाग्नुभएको हो । नेपाल भ्रमणका क्रममा मोदीले महत्वपूर्ण सम्झौता गर्ने अपेक्षा गरिएको छ ।