काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको छ । समितिका सचिव जगन्नाथ श्रेष्ठले केहीबेर अगाडि अन्तिम नामावली प्रकाशित गरेका हुन् । सभापतिमा कृष्ण प्रसाद सिटौला, रामचन्द्र पौडेल र शेरबहादुर देउवाको उम्मेदवारी यथावत रहेको छ । केन्द्रीय महामन्त्रीमा अर्जुन नरसिंह के.सी., गगनकुमार थापा र डा. शशांक कोइरालाको उम्मेदवारी रहेको छ । केन्द्रीय कोषाध्यक्षमा पदको लागि चार जनाको उम्मेदवारी परेको छ । उमाकान्त चौधरी, कृष्ण कार्की, चित्रलेखा यादव र सीता देवी यादवको उम्मेदवारी रहेको छ ।













प्रतिक्रिया