२४ कार्तिक २०८३, मंगलबार

यी हुन् स्थापनसँग ‘बदला’ लिन देउवालाई समर्थन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congresssकाठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको विदेशमा रहेका अधिकांश नेपाली जनसम्पर्क समितिले पार्टीको आगामी नेतृत्वको लागि बरिष्ठ नेता शेरबहादुर देउवाको पक्षमा उभ्याएका छन् ।

शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अमेरिका, बेलायत, कतार दक्षिण कोरिया, नेदरल्याण्ड, जापान, जर्मनी, बेल्जियम र यूरोपका महाधिवेशन प्रतिनिधिहरूले गतिशील नेतृत्व र परिवर्तनको लागि आफूहरू बरिष्ठ नेता देउवाको पक्षमा उभिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा जनसम्पर्क समिति जर्मनीका दिल गुरुङले जनसम्पर्क समितिबाट १ सय २६ महाधिवेशन प्रतिनिधि रहेकोमा ८० प्रतिशतभन्दा बढीको समर्थन देउव पक्षमा रहेको दावी गरे । उनले भने, ‘रामचन्द्र पौडेल प्रधानमन्त्री र देउवा सभापति बन्नु पर्छ ।’

बेलायतका लोक गुरुङले जनसम्पर्क समितिले पठाएको नाममा संस्थापन पक्षले हस्तक्षेप गरेर तलमाथि पारेकोप्रति आपत्ति प्रकट गर्दै सस्थापन पक्षले पराजित हने भयले यस्तो गरेको आरोप लगाए ।

अमेरिकाका आनन्द विष्टले शेरबहादुर देउवालाई जिताउँदा ६०–४० को भागबण्डा अन्त्य हुने र अभिभावक समेत प्राप्त हुने भन्दै आफूहरु देउवाको पक्षमा रहेको स्पष्ट पारे ।

कतारका विमल सुवेदीले देशको नेतृत्व गर्न सक्षम नेतृत्वको आवश्यकता रहेकोले शेरबहादुर देउवालाई विजयी बनाउनु पर्नेभन्दै सबै भातृ संगठनको निर्वाचन गराउन र जनसम्पर्क समितिलाई पनि रुपान्तरित गर्न पार्टी सभापतिमा देउवाको आवश्यकता रहेको तर्क गरे ।