काठमाडौं, ९ साउन । छोराको हत्यामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै अनसन बस्दै आउनु भएका गोर्खाका नन्द प्रसाद अधिकारी र गंगामाया अधिकारीलाई बचाउन नसक्ने अवस्थामा पुगेका छन् ।
२ सय ७३ दिन देखि अनसन बस्दै आएका दम्पतिहरुको उपचारमा संलग्न चिकित्सकहरुले अब बचाउन नसक्ने बताईसकेको वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो दुवै जनाका नसाहरु बन्द भइसकेका छन् चिकित्सकहरुले जोड बलले खोल्दा पनि हार खाइसक्नु भएको छ ।
यसैगरी आमरण अनसनमा बसेका दुवै जनाले उपचारमा कुनैपनि कोपरेट नगरेको बताउनुभयो ।
औषधी दिदापनि जोर जवरजस्ती गर्नुपर्ने र चौवीसै घन्टा कुनुपर्ने अवस्था रहेको बताउनुभयो ।
उपचारका लागि अहिलेसम्म वीर अस्पताले २१ लाख रुपैया खर्च गरिसके पनि सरकारले सोध भर्ना भने गरेको छैन् ।
यसैगरी अस्पतालको बेड चार्ज मात्रै ४ लाख पुगिसकेको छ । गृहमन्त्रालयले दुवै जनाको उपचार खर्च वीर अस्पताललाई दिने भनेपनि अझै पठाएको छैन् ।
अहिले गृहबाट स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाइल अड्एिको छ ।
अस्पतालले दुवै जनाको होस रहदाँसम्म उपचार गर्ने भएपनि औषधीको पैसा तत्काल उपलव्ध गराउनुपर्ने अवस्था छ ।













प्रतिक्रिया