काभ्रे, ९ असार । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले भारतसँग विद्युत व्यापारको सम्झौता हुने बताउनु भएको छ ।
काभ्रेको धुलिखेलमा मध्माञ्चल स्तरीय सुरक्षा भेलालाई सम्बोधन गर्नु अघि सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला विद्युत व्यापार सम्झौता हुने बताउनु भएको हो ।
नेकपा–माओवादीलगायतका २५ दलले भने यसको विरोध गरिहेका छन् ।
उहाँले जलश्रोेतको विकास गर्न नेपाल आफैँ सक्षम रहेको भन्दै नेपालमा हुने विद्युत उत्पादनका लागि भने कसैसँग सम्झौता गर्नु आवश्यक नरहेको बताउनु भयो ।
















प्रतिक्रिया