१ कार्तिक २०८३, आइतबार

एमाले र एमाओवादीको लहडी प्रचार क्रान्ति विरोधीः मैनाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cp-mainali-finalकाठमाडौँ, ९ साउन । नेकपा मालेका महासचिव सीपी मैनालीले एमाले र एमाओवादीका प्रचार वस्तुगत र भरपर्दो नभएको टिप्पणी गर्नुभएको छ ।

३६औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा मालेले शुक्रवार राजधानीमा आयोजना गरेको कार्यक्रममा मैनालीले ‘पुष्पलाल–नेपाली समाज र नेपाली क्रान्ति’ विषयक कार्यपत्र प्रस्तुत गर्दै यस्तो टिप्पणी गर्नुभएको हो ।

एमाले र एमाओवादीले नेपाली समाज अर्धसामन्ती र अर्ध औपनिवेशिक रहेन भन्नुलाई उहाँले दक्षिणपन्थी भड्काउ, लहडी प्रचार र क्रान्ति विरोधी कार्यको संज्ञा समेत दिनुभयो ।