काठमाडौं, २१ फागुन । उल्लेख्य पैसा खर्च गरेर निर्माण गरिएका आकर्ष र तामझामसहितका पोष्टर तथा पम्लेटहरूमा निर्वाचन समितिले आपत्ति जनाएपछि धमाधम महाधिवेशनस्थल (भित्र)बाट हटाइएको छ ।
उम्मेदवारहरूले आ–आफ्ना प्रचार सामाग्री महाधिवेशनस्थल आसपासबाट हटाउन सुरू गरेको एक जना उम्मेदारले बताए ।
गाउँबाट आएका र महाधिवेशन प्रतिनिधिहरूको मौखिक उजुरीपछि महाधिवेशनस्थल ओरपार राखिएका उत्तेजक र भड्काउ प्रचार सामाग्रीहरू हटाउन समितिले निर्देशन दिएको हो ।
विशेष गरेर पैसा हुने उम्मेदवारहरूले भड्काउ प्रचार सामाग्री महाधिवेशनस्थल भृकुटीमण्डप र पार्टी मुख्यालय सानेपामा राखेका थिए । अब ती प्रचार सामाग्रीहरू सबै हटाइनेछ ।
पभड्काउ र उत्तेजक प्रचार सामाग्री नहटाए त्यस्ता उम्मेदवारलाई कडा कारबाही गर्ने समितिको चेतावनी छ ।
भड्काउ प्रचार सामाग्री बनाउने अभियानमा सबैभन्दा अब्बल देखिनेमा राजेन्द्र बजगाइँ रहेका थिए ।
बजगाइँले केही सञ्चारमाध्यममा आफ्नो पक्षमा मतदान गर्न दबाव दिँदै प्रचार सामाग्रीहरू राखेका छन् । केन्द्रीय सदस्यका उम्मेदवार बजगाइँ होटेल व्यवसायी हुन् ।













प्रतिक्रिया