२४ कार्तिक २०८३, मंगलबार

यी हुन् औषधिमा कालोबजारी गर्ने ठूला व्यापारिक घराना (नामसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deurali-Janata-Drogs-Udyogकाठमाडौं, २१ फागुन । बदमासी गरेको भन्दै नाम चलेका लोमस प्राइभेट लिमिटेड र देउराली जनता औषधि उद्योगहरूमा प्रहरीले छापामारेर शिल गरिदिएको छ ।

काठमाडौं परिसरबाट खटिएको विशेष टोली टोलीले यि दुई औषधि उद्योगमा छापामारेर शिल गरिदिएको हो ।

लोमस नेपाल उद्योग वाणिज्य महासंघ पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेको हो । जनता देउराली भने हरिभक्त शर्माको रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको टोलीले प्रदीपजंग पाण्डेका दुई छोराहरू प्रबलजंग पाण्डे र प्रचोलजंग पाण्डेलाई नियन्त्रणमा लिएको छ । देउराली जनताका महाप्रबन्धक नीलराज आचार्यलाई गिरफ्तार गरेको छ ।

काठमाडौंको उत्तरढोकास्थित लुमस (प्रा)लिको गोदाम तथा कार्यलयमा र हात्तिसारस्थित जनता फर्मास्युटिकल्सको गोदाम तथा कार्यलयमा छापा मार्दा तोकिएभन्दा उच्च मूल्यमा औषधि बिक्री गरेको पाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए ।

गत साउन १८ गते राजपत्रमा सूचना प्रकाशन गरी अत्यावश्यक औषधिको मूल्य तोकेको थियो । देउराली जनता र लोमसले अटेर गरेर औषधिको मूल्य अधिक तोकेर बिक्री गरेको भेटिएको प्रहरी भनाइ छ ।