काठमाडौं, २१ फागुन । १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले गम्भीर विषयमा मुख खोलेका छन् ।
विहीबार साँझ आफ्नो एक अन्तर्वार्तामा देउवाले पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काबारे विवादित वयान दिएका हुन् । उनले खड्का भ्रष्टाचारी नभएको र षडयन्त्र रचि फसाइएको बताए ।
यसअघि मौन बस्दै आएका देउवाले भने- उहाँ निर्दोष हो । षडयन्त्र रचेर फसाइएको हो । फसाइएपनि उहाँले कानुनको पालना गर्नुभयो । र समाजको नजरमा भ्रष्टाचारी देखिनुभो । वास्तवमा यो गलत भयो ।
१३ औं महाधिवेशनमा सभापतिका दाबेदार देउवाले खुमबहादुरलाई आफूले भ्रष्टाचारी नमान्ने भन्दै उहाँ निर्दोष भएकाले आफ्नो टिममा सामेल गराएको बताए । ‘उहाँ पनि पिछडिएको ठाउँको मान्छे । म पनि पछाडी परेको ठाउँको मान्छे । हाम्रो एजेण्डा मिल्यो र टिममा पनि मिल्यौ ।’
नेता देउवाले आफू सभापति बनेपछि मुख्यतया चार विषयलाई अगाडि बढाउने बताए ।
जसमा संविधान कार्यान्वयन, पार्टीलाई एक बनाएर बोलियो बनाउनु, भूकम्पपीडित पुनर्निर्माणको कामलाई फटाफट अगाडि र मित्र राष्ट्रसँगको सम्बन्ध सुधार रहेको उनले बताए ।












प्रतिक्रिया