२४ कार्तिक २०८३, मंगलबार

संस्थापनको ‘भगौडा’ समूहद्धारा उम्मेदवारी दर्ता, साइत हेरियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sitaula, Gagan Umaकाठमाडौं, २१ फागुन । संस्थापनको विद्रोही समूहले पनि सभापति पदमा उम्मेदवारी दर्ता गराएको छ ।

महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी मुख्यालय सानेपा पुगेर आफ्नो उम्मेदवारी सभापतिमा दर्ता गराएका हुन् । उनीसँगै महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

संस्थापन समूहबाट विद्रोह गरेको सिटौला समूहलाई ‘भगौडा’को आरोप छ । यो समूहले विजयी हासिल गर्न नसकेपछि संस्थापन समूहका उम्मेदवारहरुलाई हराउन ठूलो भूमिका खेल्न सक्ने कांग्रेस जानकारहरुको भनाइ छ ।

यसैबीच, महामन्त्रीमा वरिष्ठ नेता शेरबहादुर देउवा समूहका महामन्त्री अर्जुन नरसिंह केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् । केसीले साइत हेरेर आफू बस्ने कुर्सी पूर्वतिर फर्काएर उम्मेदवारी दर्ता गराएका हुन् ।