काठमाडौं, २१ फागुन । अभिनेता, गायक एवम् संगीतकार मुरलीधर आज स्वदेश आउँदैछन् । मुम्बईमा बस्दै आएका अभिनेता मुरलीधर सांगीतिक कार्यक्रमको शिलशिलामा आज काठमाडौं आउन लागेका हुन् ।
शिवरात्रिका अवसरमा सिरहाको गोलबजारस्थित मुकसाइरमा हुने सांगीतक कार्यक्रममा मुरलीधरले विशेष प्रस्तुति दिनेछन् । सिरहा मुरलीधरको गृह जिल्ला पनि हो ।
लामो समयदेखि मुम्बईमा बस्दै आएका मुरलीधरले नेपाली, हिन्दी, भोजपुरलगायतका थुप्रै फिल्ममा संगीत भर्नुका साथै स्वर दिएका छन् ।
खलनायकीमा डरलाग्दो अभिनय समेत गरिसकेका मुरलीधरले बलिउडका राम्रा फिल्ममा काम गरिसकेका छन् । मुरलीधर ८ मार्चमा फेरि मुम्बई फिर्ता हुने कार्यक्रम छ ।















प्रतिक्रिया