काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको सभापति पदका लागि कार्यबाहक सभापति रामचन्द्र पौडेलले आज आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज बिहान ९ बजे पौडेलले सभापति पदमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
दलबलसहित पुग्नु भएका पौडेलले सभापति पदमा आफूले उम्मेदवारी दर्ता गराएकोले मतदान गर्न प्रतिनिधिहरुलाई आह्वान समेत गर्नुभएको छ ।
पौडेलको समूहबाट महामन्त्रीमा बिपी कोइरालाका पुत्र डा.शशांक कोइरालाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
कोषाध्यक्षमा सिरहा जिल्लाकी पूर्व सभापति सीतादेवी यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उम्मेदवारी दर्ता भएपछि पार्टी कार्यालय बाहिर रहेका समर्थकहरुले पौडेल, डा.शशांक र यादवको पक्षमा नारावाजी गरेका थिए ।
यसअघि बिहीबार सभापति पदमा वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेस नेता रमेश लेखकमार्फत उम्मेदवारी दर्ता गराउनु भएको थियो । (तस्बिर सौजन्य यूपी लामिछाने)












प्रतिक्रिया