काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेलले आज सभापति पदमा उम्मेदवारी दर्ता गर्दै हुनुहुन्छ ।
पौडेलले दलबलसहित अहिले ९ बजे पार्टी मुख्यालय सानेपा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गर्न लाग्नु भएको हो ।
पौडेलको समूहबाट महामन्त्रीमा बिपी पुत्र डा।शशांक कोइरालाले उम्मेदवारी दर्ता गराउनु हुनेछ ।
कोषाध्यक्षका विषयमा कोषाध्यक्षका विषयमा पौडेल समूहले केही बताएको छैन । स्रोतका अनुसार पौडेल समूहबाट कोषाध्यक्षमा सीता देवी यादवको नाम चर्चामा छ । कोषाध्यक्षको चर्चामा फर्मुला मन्सुर र पदमनारायण चौधरी पनि रहनु भएको छ ।
यसअघि वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदमा आफ्नो उम्मेदवारी हिजो नै दर्ता गराउनु भएको थियो ।
महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आजै सभापति पदमा उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । सिटौलाको समूहबाट महामन्त्रीमा युवा नेता गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीलाई अघि सारिएको छ ।












प्रतिक्रिया