
काठमाडौं, २० फागुन । प्रविधि र सूचना विकास पछ्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि नयाँ काम गर्नुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महाधिवेशन उदघाटन गरिरहेका बेला यता सरकारी बालुवाटारमा भने प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक वेबसाइट सार्वजनिक गर्नुभएको हो ।
प्रधानमन्त्रीले गरेका एक एक गतिविधीको जानकारी जनतालाई गराउने उद्देश्यले प्रधानमन्त्री ओलीको आधिकारिक वेबसाइट आजदेखि सञ्चालनमा आएको प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
उक्त वेबसाइटको नाम (www.opmcm.gov.np/pm) रहेको छ । यो वेबसाइटमा लगइन गरी जो कोही ले पनि प्रधानमन्त्रीसँग सम्बन्धित जानकारीहरु पाउनेछन् ।
वेबसाइटमा २०४६ सालपछिका प्रधानमन्त्रीहरुबारे संक्षिप्त जानकारी समेत राखिएको छ । नेपालका अहिले सम्मका सबै प्रधानमन्त्रीहरुका बारेमा जानकारी गराउने उद्देश्य पनि लिइएको छ । यस सम्बन्धी थप व्यबस्था क्रमशः गर्दै लगिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि आफ्नो निजी वेबसाइट सञ्चालनमा ल्याइसकेका छन् ।












प्रतिक्रिया