२४ कार्तिक २०८३, मंगलबार

सबैलाई झुक्याएर मधेसी मोर्चाका नेताहरू यसरी पुगे दुई पटक लैनचौर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranjeet Ray Indian Dhotiकाठमाडौं, २० फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूलाई नेपालस्थित भारतीय राजदूतावासले बोलाएर पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गरेको छ ।

लैनचौरस्थित भारतीय दूतावासमा आज बिहान पुगेका मधेसी मोर्चाका शीर्ष नेताहरूसँग बिहारका मुख्यमन्त्री नीतिश कुमारले नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा जिज्ञासा राखेको स्रोतको भनाइ छ । मुख्यमन्त्री नीतिश कुमारले विशेष गरेर तराई मधेसको छ महिनादेखिको आन्दोलन कहाँ पुग्यो भनेर जिज्ञासा राखेको बुझिएको छ ।

जवाफमा मधेसी मोर्चाका नेताहरूले आन्दोलन जारी रहेको र आफूहरूका माग नेपाल सरकारले अहिलेसम्म पुरा नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । मधेसी मोर्चाले भेटघाटको यो विषयलाई लुकाएर राखेको छ । उसले लैनचौर पुगेको विषय बाहिर ल्याउन नचाहेको स्रोतको भनाइ छ ।

यसअघि बुधबार पनि मधेसी मोर्चाका नेताहरू बेलुका लैनचौरस्थित भारतीय राजदूतावामा पुगेका थिए ।