
– विमल योगी
काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले १३ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पार्टी कार्यालय सानेपामा कार्यकर्तामाझ देउवाले सभापतिसहित आफ्नो प्यानलै घोषणा गर्नुभएको हो । उहाँको प्यानलबाट नेता अर्जनुनरसिंह केसी महामन्त्रीको उम्मेदवार बन्नु भएको छ । केसी युवा नेता गगन थापाका ससुरा हुन् । गगन कृष्ण सिटौला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन् । केसी ज्वाई थापासँग भिड्न मैदानमा ओर्लिएका हुन् ।

यसैगरी देउवा प्यानलको कोषाध्यक्षमा चित्रलेखा यादव उम्मेदवार बन्नुभएको छ । महाधिवेशनको उदघाटन हुनुभन्दा दुईघण्टा अघि देउवा समूहले उम्मेद्वारी घोषणा गरेको हो ।
देउवाको प्रस्तावक केवी गुरुङ रहनुभएको छ भने खुमबहादुुर खड्काले समर्थन गर्नुभएको छ ।












प्रतिक्रिया