२४ कार्तिक २०८३, मंगलबार

कांग्रेसको उदघाटनसत्र खुलामञ्चमा, कसरी हुँदैछ तयारी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressकाठमाडौं, २० फागुन । नेपाली कांग्रेसले आज आफ्नो १३औँ महाधिवेशनको उदघाटनसत्र भव्य बनाउने तयारी गरेको छ । दिउँसो १ बजेपछि कार्यबाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

कांग्रेसले आफ्नो उघाटनसत्रमा करिव २५ हजार नेता तथा कार्यकर्ता उतार्ने दाबी गरेको छ । सोहीअनुसार तयारी गरेको कांग्रेस नेता नवीन्द्रराज जोशीले जानकारी दिए ।

कांग्रेसको उदघाटनसत्रलाई शुभकामना दिन भारत, चीनसहित विभिन्न मुलुकबाट पनि प्रतिनिधिहरू काठमाडौं आइ सकेका छन् । छिमेकी मुलुक भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पनि कांग्रेसलाई शुभकामना दिने कार्यक्रम छ ।

मुख्य मञ्चको दाया बाया पत्रकार तथा बीचमा केन्द्रीय नेताहरूलाई बस्नका लागि व्यवस्था गरिएको छ ।

मञ्चमा बसेका र बोल्ने वक्ताको आवाज तथा तस्बिर हेर्नका लागि ठूलाठूला स्क्रिनको पनि व्यवस्था गरिएको जोशीले बताउनुभएको छ ।

कांग्रेसको बन्दसत्र भोलिदेखि भृकुटीमण्डपमा हुनेछ । त्यसको सबै तयारी पूरा भइसकेको छ । महाधिवेशन प्रतिनिधिलाई भृकुटीमण्डपभित्रै खानाको व्यवस्था गरिएको छ । बस्नका लागि भने सुन्धारा, ठमेल, बागबजार र गौशालामा व्यवस्था गरिएका छन् ।