१ कार्तिक २०८३, आइतबार

एलडीओविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatir

काठमाडौं, ९ असार । घुस लिँदै गर्दा पक्राउ परेका रौतहटका स्थानीय विकास अधिकारी एलडीओ बशन्तकुमार भण्डारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

जिल्लामा झोलुङ्गे पुल निर्माण सम्बन्धी काम गर्दै आएको हेल्प लाईन नेपाल नामक संस्थाको सम्झौता नविकरण गर्ने क्रममा भण्डारीले १ लाख २० हजार घुस लिएका थिए । उनलाई अख्तियारको टोलीले घुसलिदालिदैँ प्रक्राउ गरेको थियो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) तथा दफा ३ (१) (घ) बमोजिमको सजाय मागदाबी गरको छ।