
काठमाडौं, १९ फागुन । महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको १३ औं महाविधेशनमा सभापतिसहित आफ्नो प्यानलको घोषणा गरेका छन् ।
बुधबार अपराह्न बत्तिसपुतलीस्थित अनुपम ब्याङ्केटमा पत्रकार सम्मेलनमार्फत घोषणा भएको सिटौला टिममा गगन थापा महामन्त्रीका उम्मेदवार बनेका छन् ।
संस्थापनबाट अल्गिएका सिटौला टिमको कोषाध्यक्षमा उमाकान्त चौधरी उम्मेदवार बनेका छन् ।
निर्वाचनपछि उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गरिनेछ ।
यसअघि केन्द्रीय सदस्य सुजाता कोइरालाले बुधबार नै मण्डिखाटारस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सभापतिमा उम्मेदवारी घोषणा गरेकी छिन् ।
त्यस्तै संस्थापन पक्षबाटै रामचन्द्र पौडेलले पनि आजै साँझ पार्टी केन्द्रीय कार्यालय सानेपाबाट उम्मेद्वारी घोषणा गर्दैछन् ।












प्रतिक्रिया