
काठमाडौँ । वरिष्ठ कलाकार कालीदास श्रेष्ठको ९३ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
उच्च रक्तचाप, निमोनिया र पिसाबसम्बन्धी समस्याबाट ग्रसित श्रेष्ठको त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँलाई यही फागुन ११ गतेदेखि सघन उपचार कक्षमा राखेर उपचार गरिँदै आएको उहाँको छोरी रेखामैयाँ श्रेष्ठले बताउनुभयो ।
काठमाडौँको स्थानीयवासी झोंछेमा जन्मनुभएका श्रेष्ठले चित्रकलाको क्षेत्रमा विशेष योगदान गर्नुभएको छ । उहाँका तीन छोरा र चार छोरी छन् भने श्रीमतीको पहिला नै निधन भइसकेको थियो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकूलपति शारदा चित्रकारले उहाँको शवलाई सोही प्रतिष्ठानको परिसरमा राखेर श्रद्धाञ्जलिको व्यवस्था मिलाएको जानकारी दिनुभयो । रासस















प्रतिक्रिया