३१ आश्विन २०८३, शनिबार

दिपकराज गिरीसँग विग्रियो धुर्मुसको सम्बन्ध ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-dhrmus

काठमाडौं । सुपरहिट फिल्म ‘छ एकान छ’ र ‘वडा नम्बर ६’मा सँगै देखिएका थिए हास्य कलाकारद्धय दिपकराज गिरी र सिताराम कट्टेल (धुर्मुस) ।

दिपकको निर्देशनमा बने यी फिल्म हिट नै भए । यी फिल्ममा थुप्रै हास्य कलाकारको अभिनय रहेको थियो ।

तर, भर्खरै मात्र अर्की हास्य कलाकार दिपाश्री निरौलाले आफै निर्देशन गर्ने गरी नयाँ फिल्म घोषणा गरेकी छिन् । नाम हो ‘६क्का पन्जा’ । जसमा दिपकको लगानी छ भने पुरानै कलाकारलाई निरन्तरता दिने भनियो । तर, अहिलेको टिममा धुर्मुस छैन् । जसका कारण बजारमा दिपकराज र धुर्मुसबीच सम्बन्ध विग्रिएको चर्चा भाइरल भएको छ ।

यसैक्रममा बुधबार धुर्मुसले सम्बन्ध नविग्रिएको स्पष्ट पारेका छन् । उनले आफूलाई पनि उक्त टिममा राखिएको तर, व्यवस्थाका कारण सामेल नभएको बताए ।

उनले भने– ‘व्यस्तताका कारण हामीले न कुनै स्टेज कार्यक्रम गर्न भ्याएका छौँ न त ६क्का पन्जा नै गर्न भ्यायौँ । यद्यपी, फिल्म निर्माण टोलीमा सामेल रहेका छौँ । साथै, धुर्मुस सुन्तलीको लोटे चर्पी, ज्योतिलगायत मनोरञ्जन एवं जनचेतनामुलक सर्ट मुभिहरु तपाईले छिट्टै हेर्न पाउनुहुनेछ । कुनै भ्रम नपरोस, हाम्रो सम्बन्ध उस्तै सुमधुर छ ।’