
काठमाडौं, १९ फागुन । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ ।
बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ डेपुटी गभर्नरमा सिवाकोटी र डेपुटी गर्भनरमा श्रेष्ठलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।
यसैगरी बैठकले सहसचिव एकनारायण अर्याललाई कोलकाताको महावाणिज्य दूत र कमल भट्टराईलाई हङकङ तथा गोविन्द कार्कीलाई ल्हासाका महावाणिज्य दूतमा नियुक्त गरेको छ ।
बैठकले भूकम्पका क्षति पुगेका निजी आवास पुनर्निर्माणका लागि ऋण सहयोग वितरणसम्बन्धी कार्यविधिसमेत पारित गरेको मन्त्री राईले बताउनुभयो ।















प्रतिक्रिया