१ कार्तिक २०८३, आइतबार

डाक्टरहरुको सल्लाह अटेर गर्दै प्रधानमन्त्रीको बढ्यो दौडधुप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-On-Rest-Big-650x468काठमाडौं, ९ असार । प्रधानमन्त्री सुशील कोइरालाको व्यस्तता तीव्र बन्न थालेको छ ।

फोक्सोमा क्यान्सर भएपछि अमेरिकामा गएर त्यसको उपचार गराएर फर्किनु भएका कोइरालालाई डाक्टरहरुले केही दिन आराम गर्न सुझाव दिए पनि उहाँले त्यसको समेत व्यवास्था गर्दै आफ्नो व्यस्तता बढाउनु भएको हो ।

प्रधानमन्त्री कोइराला बिहीवार केही व्यस्त रहे पनि उहाँको व्यस्तता अझ बढेको छ । उहाँ शुक्रबार पनि दिनभर बालुवाटारमै व्यस्त हुने हुनुभएको छ । प्रधानमन्त्री बिहानैदेखि बिभिन्न छलफल र बैठकमा व्यस्त रहनु भएको वालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले शुक्रबार बिहानै भारतीय राजदूत रन्जित रेसँग भेट गर्नुभयो । भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका बारेमा छलफल केन्द्रित भएको थियो ।

त्यसलगत्तै मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवासमै बसेको थियो । विहीबार स्थगित भएको नियमित बैठक उहाँले शुक्रबार बिहान राख्नु भएको हो ।

मन्त्रिपरिषद बैठकमा भारतीय विदेशमन्त्रीको भ्रमण तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणका विषयमा छलफल भएको थियो ।

त्यसैगरी शुक्रवार नै तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने भएको छ । बैठकमा कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेता सहभागी हुने छन् ।