२४ कार्तिक २०८३, मंगलबार

३ हजार बढी प्रतिनिधिका लागि कांग्रेसले बुक गर्यो १२७ होटल, ३२९७ वेड उपलब्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag– विमल योगी
काठमाडौं, १९ फागुन । १३ औं महाधिवेशनमा भाग लिन आउने प्रतिनिधीका लागि नेपाली कांग्रेसले आवास तथा भोजनको व्यवस्था गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी कांग्रेसले ‘१ व्यक्ति १ विस्तरा’ नारासहित देशभरीका ३ हजार पाँच सय प्रतिनिधीका लागि भोजन र आवासको व्यवस्था गरेको जनाएको छ ।

जसअन्तर्गत राजधानीको गौशाला, बागबजार, सुन्धारा र ठमेलका १२७ होटलहरु बुक गरिएको छ । ती होटलका १२४१ कोठामा महाधिवेशन प्रतिनिधी बस्नेछन् ।

‘१ व्यक्ति १ विस्तरा’ अन्तर्गत होटलमा ३ हजार २९७ वेड उपलब्ध हुनेछन् । पाँच दिनका लागि बुकिङ गरिएका होटलमा भोजन र आवास गरी २ करोड भन्दा बढी खर्च लाग्ने कांग्रेसको आवास तथा भोजन समितिले जनाएको छ ।