२४ कार्तिक २०८३, मंगलबार

खुमबहादुरले पनि घोषणा गरे आफ्नो प्यानल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khum-Bhadur-Khadka

– विमल योगी
काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि नेता खुमबहादुर खड्काले आफ्नो प्यानल घोषणा गरेका छन् ।

उनले आफ्नो समर्थन वरिष्ठ नेता शेरबहादुर देउवालाई दिँदै प्यानल घोषणा गरेका हुन् । यसअघि मौन बस्दै आएका खड्काले मंगलबार अपराह्न देउवालाई समर्थन गर्ने निष्कर्षमा पुगेका हुन् ।

दैनिक नेपालसँग कुराकानी गर्दै नेता खड्काले देउवालाई नै महाधिवेशनमा सहयोग गर्ने बताए । खड्काले मंगलबार अपरान्ह देउवासँग वार्ता गरी अधिवेशनमा सहयोग गर्न सहमत जनाएका हुन् । खड्काले भने, ‘अहिलेलाई म र मेरा पक्षमा रहेका साथीहरुलाई निर्वाचनमा देउवाजीलाई नै समर्थन गर्ने भएका छौं ।’

स्रोतका अनुसार आफू सभापतिमा निर्वाचित भएपछि उपसभापति बनाउने संकेत देउवाले गरेपछि खुमबहादुरले देउवा प्यानललाई समर्थन गरेका हुन् ।

कांग्रेस महाधिवेशन विहीबारबाट सुरु हुँदैछ ।