२४ कार्तिक २०८३, मंगलबार

बिहारका मुख्यमन्त्री नीतिश कुमार काठमाडौं आउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neetish Kumarकाठमाडौं, १९ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा सहभागी हुन बिहारका मुख्यमन्त्री नीतिश कुमार आज काठमाडौं आउँदै छन् ।
नयाँदिल्लीमा रहेका बिहारका मुख्यमन्त्री नीतिश कुमार आज दिउँसो करिव सवा १ बजे काठमाडौं आइपुग्ने काग्रेस स्रोतले जनाएको छ ।

नीतिश कुमारलाई कांग्रेसको अन्तर्राष्ट्रिय विभागका सदस्यहरूले स्वागत गर्ने छन् ।

काठमाडौं आउनु पूर्व भारतीय बिदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेट गरी नीतिश कुमार काठमाडौं आउन लागेका हुन् ।

काठमाडौंमा आउनेवित्तिकै नीतिश कुमारले प्रधानमन्त्री केपी ओली, राष्ट्रपति बिद्या भण्डारीलगायतसँग भेटवार्ता गर्ने स्रोतको भनाइ छ ।