२४ कार्तिक २०८३, मंगलबार

यात्रु ठग्ने ट्याक्सीलाई कारबाही शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yatayat-bibhagकाठमाडौं, १८ फागुन । मनपरी भाडा असुल गरी यात्रु ठप्ने ट्याक्सीलाई कारबाही गरिने भएको छ । यातायात व्यवस्था विभागले आजदेखि राजधानीका विभिन्न स्थानमा चल्ने ट्याक्सीको अनुगमन गरी कारबाही गर्न थालेको हो ।

विभागले आज मिटरमा गुड्न नमान्ने १० वटा ट्याक्सीको कागजात जफत गरेको छ । उनीहरुलाई ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने तयारी विभागले गरेको छ । विभागका प्रवक्ता बसन्त अधिकारीले उपत्यकामा चल्ने ९० प्रतिशतभन्दा बढी ट्याक्सीले मिटरमा उठेको रकमभन्दा बढी लिने गरेको पाइएको बताउनुभयो । उहाँले ब्ल्याकमा तेल हाल्नुपरेको भन्दै ट्याक्सी चालकले मनपरी भाडा उठाइरहेको पाइएकाले त्यस्तालाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो ।

ट्याक्सीविरुद्ध यात्रुको गुनासो बढ्दै गएपछि विभागले अनुगमन थालेको हो । उपत्यकामा चल्ने ट्याक्सीले मिटरका लागि तोकिएको भन्दा चार दोब्बर भाडा असुल्ने गरेका छन् ।