१ कार्तिक २०८३, आइतबार

यसरी ठगिए उपराष्ट्रपतिका आफन्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa

काठमाडौं, ९ असार । ५० लाख रुपैयाँ चिठ्ठाको लोभमा उपराष्ट्रपतिका पिए तथा भतिज देवानन्द झा ठगिएका छन् ।

एक युवकले उनलाई चिठ्ठा परेको भन्दै झुक्याएर त्यसवापत केही खर्च लाग्ने जनाउँदै ८८ हजार रुपैयाँ ठगी गरेका छन् । ५० लाख रुपैयाँ बराबरको चिठ्ठा परेको भन्दै उनलाई पाकिस्तानबाट केहि दिनअघि मोवाइलमा एसएमएस आएको थियो ।

सो चिठ्ठा अनलक गर्न पैसा लाग्ने बताएपछि झाले ८८ हजार रुपैयाँ पठाएका लिए । पछि आफू ठगिएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी हालेका छन् । उजुरीका आधारमा ठगी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले झालाई ठगी गरेको आरोपमा सुपनल तामाङ, विष्णु पान्डे र हिक्मत विष्टलाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार ठगी गिरोहका प्रमुख तामाङ हुन् ।