२४ कार्तिक २०८३, मंगलबार

फेरि पोखरामा हवाई दुर्घटना, २ को जिवितै उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paraglayding

पोखरा, १८ फागुन । नेपालमा लगातार हवाई दुर्घटनाका समाचार आइरहेका बेला मंगलबार पोखरामा ठूलो दुर्घटना भएको छ ।

यद्यपी दुर्घटनाबाट अहिलेसम्म मानवीय क्षति भएको छैन् । पोखरामा चलिरहेको हवाई खेल प्याराग्लाइडिङ प्रतियोगिताका पाइलटसहित उडिरहेका ८ वटा ग्लाइडर दुर्घटनामा परेका हुन् । ती मध्ये ७ वटा फेवातालमा खसेका छन् भने एउटा अर्मलामा रुखमा अड्केको छ ।

अचानक बेगसित हावा चलेपछि आकाशमा उडिरहेका ग्लाइडर एकैपटक तालमा खसेको कास्कीका प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले जानकारी दिए ।

उनका अनुसार फेवातालमा खसेका पाइलटहरुको खोजी तथा उद्धार भइरहेको छ । फेवातालमा खसेका मध्ये २ जनाको जिवितै उद्धार गरिएको छ ।

अर्मलामा रुखमा अड्केका पाइलट पनि जिवित छन् । प्रतियोगिताका संयोजक कृष्ण भण्डारीले हावाले आकाशमा उडिरहेका पाइलटलाइ एकैपटक खसालेको बताए ।

दुर्घटनामा पर्ने सबैको उद्धार

नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा यहाँ सञ्चालित प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगितामा सहभागी हुने क्रममा आज दुर्घटनामा परेका सबै पाइलटको सकुशल उद्धार भएको छ ।

प्रतियोगितामा सहभागीमध्ये अवतरण गर्ने क्रममा सात जना पोखराको फेवातालमा परेको र एक जना अर्मलाको जङ्गलको रुखमा अल्झिन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक गोपाल चालिसेले बताउनुभयो ।

रुखमा अल्झिएका पाइलटलाई स्थानीयवासी तथा फेवातालमा परेका पाइलटलाई स्थानीय डुङ्गा व्यवसायी तथा सुरक्षाकर्मीले उद्धार गरेका थिए । अवतरण गर्ने क्रममा अकस्मात् चलेको हावाहुरीका कारण दुर्घटना हुन गएको प्रहरीले जनाएको छ ।