३१ आश्विन २०८३, शनिबार

रातारात ‘फ्यान’ लिएर आए शाहरुख खान, के छ विशेष ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Srk

मुम्बई । बलिउड अभिनेता शाहरुख खान ‘फ्यान’ लिएर रातारात फ्यानकै माझ आएका छन् ।

फ्यानका लागि सोमबार राति शाहरूखको आगामी फिल्म ‘फ्यान’को ट्रेलर सार्वजनिक भएको हो ।

फिल्ममा स्टार-फ्यानको कथालाई देखाइएको ट्रेलरमा देखिएको छ । फिल्ममा शाहरुख दोहोरो भूमिकामा देखिएका छन् ।

एउटा पात्र फ्यानमा शाहरुख ‘गौरव’ नाम गरेको ठिटो बनेका छन् भन्ने अर्कोतर्फ बलिउड स्टार ‘आर्यन खन्ना’ बनेका छन् । फिल्ममा ड्रामासहित एक्सन भरपुर रहेको ट्रेलरमा प्रष्ट देखिएको छ ।

मनिष शर्माले निर्देशन गरेको फिल्म ‘फ्यान’को ट्रेलरमा शाहरूख एकसाथ हिरो र भिलेनको भूमिका देखिएका छन् । फिल्म अप्रिल १५ मा रिलिज हुनेछ ।

ट्रेलर रिलिज भएको एक घण्टा नपुग्दै एक लाख बढीले हेरिसकेका छन् ।

हेर्नुस् ट्रेलरः