
– डम्मर राज भट्ट
महेन्द्रनगर १७ फागुन । कञ्चनपुरको झलारीपिपलाडी नगरपालीका ११ कलुवापुर बजारमा एक जना होटल व्यवसायीको घाँटी रेटेर हत्या गरिएको छ ।
कलुवापुर बजारमा रहेको न्यू बैतडी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक अन्दाजी ४० वर्षीय दामोदर अवस्थीको अज्ञात समुहले घाँटी रेटेर हत्या गरेको हो ।
बिहान ६ वजेतिर होटलमा दुध पुर्याउन गएका किसानले लामो समयसम्म ढोका ढकढक्याउदा पनि सटर नखुलेपछि होटलको पछाडि गएका दुग्ध किसानले होटलको खुला रहेको ढोकाबाट भित्र जाँदा अवस्थीको शव देखेको र त्यसपछि प्रहरीलाई खबर गर्दा होटलभित्र घाँटी रेटेर कम्मलले छोपेर राखेको अवस्थामा होटल व्यवसायी अवस्थीको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
झलारी पिपलाडी नगरपालिका १ ढकनिया घर भएका होटल व्यवसायीको हत्याका बारेमा बिस्तृत रुपमा खुल्न सकेको छैन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायवउपरीक्षक केदार खनालले घटनाको अनुसन्धान भईरहेको बताएका छन् ।












प्रतिक्रिया